बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८०१०:४६
    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

    बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् ।

    दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    चन्द्र घलेको साथबाट बरामद भएको सात थान बिस्कुट आकारको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै नियन्त्रणमा लिइएको हो ।


    प्रतिक्रिया दिनुहोस