आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय


    हुलाक प्रेस

    • शुक्रबार, माघ १८ २०८१०९:२५
    नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय

    काठमाडौं । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते हुने भएको छ ।

    नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचनको मिति तय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले हुलाक प्रेसलाई जानकारी दिए ।

    देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन् । कार्यसमिति २५ सदस्यीय रहनेछ । 

    नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन् । यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन । 

     


    प्रतिक्रिया दिनुहोस