बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीन, क्यानडा र मेक्सिकोलाई ट्रम्पले आजदेखि कर लगाउने


    हुलाक प्रेस

    • शनिबार, माघ १९ २०८१११:२०
    चीन, क्यानडा र मेक्सिकोलाई ट्रम्पले आजदेखि कर लगाउने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।

    ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ।

    राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए। 

    मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्।

    यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ।  ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्।

    उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’ बीबीसी


    प्रतिक्रिया दिनुहोस