बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः देशको पहाडी भू-भागमा आंशिक बदली हुने


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८०१०:५७
    आजको मौसमः देशको पहाडी भू-भागमा आंशिक बदली  हुने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ।

    आज (शुक्रबार) बिहानसम्म कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    प्रतिक्रिया दिनुहोस