बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानाध्यापक कण्डेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    हुलाक प्रेस

    • आइतबार, माघ २० २०८१०२:५६
    प्रधानाध्यापक कण्डेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    अख्तियारले आइतबार कण्डेलसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

    पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयका सहायक गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । 

    अनुसन्धानको सिलसिलामा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको पुष्टि भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # अख्तियार भ्रष्टाचार
  • प्रतिक्रिया दिनुहोस