बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • छ महिनामा सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो


    हुलाक प्रेस

    • सोमबार, माघ २१ २०८११०:१७
    छ महिनामा सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव एक प्रतिशतले वृद्धि भइ रु पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु सात खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

    केन्द्रीय बैंकका अनुसार, सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार  छ सय २८ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः दुई लाख  हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस