बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिवि उपकुलपति दौडमा आधा दर्जन बढीको आकांक्षा, कसको सम्भावना छ बलियो ?


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८०११:३०
    त्रिवि उपकुलपति दौडमा आधा दर्जन बढीको आकांक्षा,  कसको सम्भावना छ बलियो ?

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आधा दर्जन बढीले चासो देखाएका छन् । उपकुलपतिको दौडमा रहेकाहरुले दैनिकजसो आफ्नो सम्पर्क सुत्र मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगलाई आश्वस्त बनाउने काम गरिरहेका छन् । 

    राजनीतिक भागवण्डाका आधारमा यो पटक त्रिवि उपकुलपतिमा नेकपा एकीकृत समाजवादीको दाबी छ । यसअघि समाजवादीले सेवा आयोगको अध्यक्षमा दावी गर्दा त्रिवि उपकुलपति दिने आश्वासनसँगै सत्तारुढ दलबीचको सहमतिमा छाड्न तयार भएको थियो ।

    त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

    त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधान अनुसार प्राडा भुषाललाई जिम्मेवारी दिइएको हो । भुषालले कार्यभार सम्हालेको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन । यसैबीच उपकुलपतिको लिगलिगे दौडमा एक जनाबाहेक सबै त्रिविकै पूर्व पदाधिकारीहरू लागि परेका छन् । 

    त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा छन् । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ । उनले भित्रभित्रै कुलपतिसमक्ष आफू उपकुलपति हुन आयोगबाट राजीनामा गर्न तयार रहेको बताउने गरेको स्रोतको दाबी छ ।

     


    प्रतिक्रिया दिनुहोस