बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ६ अध्यादेशविरुद्ध ५१ विरोधका सूचना प्रस्तुत हुँदै


    हुलाक प्रेस

    • बिहीबार , माघ २४ २०८१०८:५९
    ६ अध्यादेशविरुद्ध ५१ विरोधका सूचना प्रस्तुत हुँदै

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्न्ने बैठकमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ । 

    ६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । ६ वटा अध्यादेशमध्ये प्रत्येक अध्यादेशमाथि परेका विरोधका सूचनामाथि छलफल हुने र एकसाथ निर्णयार्थ प्रस्तुत हुने भएको हो । 

    सदनमा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भइसकेको छ । 

    ५१ वटा विरोधका सूचना दर्तामाथि छुट्टा–छुट्टै निर्णयार्थ प्रस्तुत गर्दा धेरै समय लाग्ने भएकाले एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो । 

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 
     


    प्रतिक्रिया दिनुहोस