बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध


    हुलाक प्रेस

    • शुक्रबार, माघ २५ २०८१११:२०
    ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् । 

    अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ ।

    यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउनेछ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिंगटन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

    नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । 

    आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराधको आरोप लगाएको थियो । उक्त आरोप इजरायलले अस्वीकार गरेको थियो । आईसीसीले हमास कमाण्डरविरुद्ध पनि वारेन्ट जारी गरेको थियो । बीबीसी 
     


    प्रतिक्रिया दिनुहोस