आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली पर्वतारोही पाण्डेद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण


    हुलाक प्रेस

    • शनिबार, माघ २६ २०८१०८:२८
    नेपाली पर्वतारोही पाण्डेद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण

    काठमाडौं । विश्वका सात वटा महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियान अन्तर्गत पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गरेका छन् । 

    आरोही पाण्डेले फरबरी ६ मा विहानको ७ः५० मिनेटमा ६ हजार ९ सय ६१ मिटर अग्लो सो हिमाल आरोहण गरेको  पाण्डेले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा दिएर पर्वतारोहणको लागि बिदाइ गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । 

    praksh pandey certificate.jpg

    सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डेले सात महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस