बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कानुन व्यवसायी परिषद्‌मा बागमतीबाट एमाले-माओवादी गठबन्धनका खनाल विजयी


    हुलाक प्रेस

    • शनिबार, माघ २६ २०८१०९:३२
    कानुन व्यवसायी परिषद्‌मा बागमतीबाट एमाले-माओवादी गठबन्धनका खनाल विजयी

    काठमाडौं । कानुन व्यवसायी परिषद्को पार्षद्‌मा बागमती प्रदेशबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन् ।

    उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई ५ सय ७८ मत अन्तरले पराजित गरेका हुन् । खनालले २ हजार ३५५ मत पाउँदा कोइरालाका पक्षमा १ हजार ७७७ मत परेको निर्वाचन समितिले जनाएको छ ।

    खनाल प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार थिए। खनाल एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनका हुन् । उनलाई माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठनको पनि साथ थियो । 

    शनिबार साँझसम्म सबै प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार अन्य प्रदेशमा डेमोक्याटिक लयर एशोसिएसन(डिएलए) गठबन्धनले जितेको छ । कोशी प्रदेशबाट राजु ढकाल, मधेसबाट सञ्जिवकुमार मल्लिक, गण्डकीबाट दयाराम गौतम, लुम्बिनीबाट इश्वरीप्रसाद ज्ञवाली, कर्णालीबाट मातृकाप्रसाद खनाल र सुदूरपश्चिमबाट टेकबहादुर कठायत निर्वाचन भएका छन् ।

    Nepal bar council.jpg

     


    प्रतिक्रिया दिनुहोस