आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते


    हुलाक प्रेस

    • आइतबार, माघ २७ २०८१०९:१९
    सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते

    भरतपुर (चितवन) । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । 

    इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस