काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले छापा मारेको छ ।
आइतबार साँझ अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा परिसरको टोलीले छापा मारेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उक्त घरमा अनलाइन जुवा खेलाउने तथा सट्टेबाजी गराएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । यस्तै ८८ वटा मोवाइल र १० वटा ल्यापटप बरामद गरेको छ ।
काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले छापा मारेर अहिले मुचुल्का लगायतका कार्य गरिरहेको हो ।