आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • धादिङमा तिर्थयात्री सवार बस दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते


    हुलाक प्रेस

    • सोमबार, माघ २८ २०८११०:१५
    धादिङमा तिर्थयात्री सवार बस दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते

    काठमाडौं । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।

    गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।

    दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ । काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस