आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • भ्रष्टाचार सूचकांकमा नेपाल एक स्थान खस्कियो


    हुलाक प्रेस

    • मंगलबार, माघ २९ २०८११०:५०
    भ्रष्टाचार सूचकांकमा नेपाल एक स्थान खस्कियो

    काठमाडौं । भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स-सीपीआई) मा नेपालको अवस्था गत वर्षभन्दा एक स्थान खस्किएको हो ।

    गत वर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपाली ३४ अंक सहित १०७ औं स्थानमा रहेको ट्रान्सपरेन्सीको तथ्यांकमा उल्लेख छ ।

    सीपीआईले विश्वका विभिन्न देशहरूमा भ्रष्टाचारको प्रतिमान, सरकारी पारदर्शिता, जवाफदेहिता र कानूनको शासनको अवस्थालाई आधार मानेर देशहरूलाई ० (अत्यधिक भ्रष्ट) देखि १०० (पूर्ण रूपमा स्वच्छ) को स्कोर दिन्छ ।

    नेपालले पछिल्ला वर्षहरूमा भ्रष्टाचार विरुद्धका केही उल्लेखनीय प्रयासहरू गरेको भए तापनि, यसको प्रभावकारिता सीमित रहेको छ ।

    सीपीआई २०२४ को रिपोर्टमा नेपाल सरकारी संस्थाहरू,राजनीतिक दल, निजी क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गरिएको छ ।

    नेपाल दक्षिण एशियामा मध्यम स्थानमा रहेको छ । अन्य देशहरूको अवस्था यस्तो छ:

    भुटान – ६८ स्कोर, २६औं स्थान (दक्षिण एसियामा सबैभन्दा राम्रो)
    भारत – ३९ स्कोर, ९३औं स्थान
    श्रीलंका – ३४ स्कोर, ११५औं स्थान
    पाकिस्तान – २९ स्कोर, १३३औं स्थान
    बंगलादेश – २४ स्कोर, १४९औं स्थान
    अफगानिस्तान – २० स्कोर, १६२औं स्थान
    नेपालले श्रीलंकासँग उस्तै स्कोर (३४) पाएको भए पनि नेपालको स्थान १०७औं छ भने श्रीलंकाको ११५औं छ।


    प्रतिक्रिया दिनुहोस