बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १४ किलो सुन तस्करी बारे छानबिन गर्न ६ सदस्यीय समिति गठन


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८००३:३९
    १४ किलो सुन तस्करी बारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन तस्करीको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय समिति गठन गरेको छ। 

    बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। 

    पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको जानकारी दिए। 


    प्रतिक्रिया दिनुहोस