बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शनिबारसम्म बन्धक फिर्ता नगरे भीषण हमला सुरु गर्ने इजरायलको चेतावनी


    हुलाक प्रेस

    • बुधबार, माघ ३० २०८१०९:१०
    शनिबारसम्म बन्धक फिर्ता नगरे भीषण हमला सुरु गर्ने इजरायलको चेतावनी

    एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई गम्भीर धम्की दिँदै यदि शनिबार मध्यान्हसम्ममा आफ्ना बन्धकहरू फिर्ता नगरे युद्ध अन्त्य गर्दै गाजामा पुनः भीषण हमला गर्ने चेतावनी दिएका छन्।

    हमासले थप बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि इजरायली सेना गाजाभित्र र वरपर व्यापक रूपमा परिचालन गर्न आदेश उनले दिइसकेका छन्। उनले बाँकी रहेका ७६ जना सबै बन्धकहरूको रिहाइ माग गरेका हुन् वा शनिबार रिहा हुने तय भएका तीन जनामात्र माग गरेका हुन् भन्ने खुलाइएको छैन्। तर, एक मन्त्रीले भनाइ उदृत गर्दै बीबीसीले भन्यो,’उहाँले सबैलाई भन्नुभएको हो।’

    हमासले तीन सातादेखिको युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको आरोप लगाउँदै आवश्यक मानवीय सहायता रोकिएको दाबी गरेको छ। इजरायलले भने यो आरोप अस्वीकार गरेको छ।

    नेतान्याहूको बयानपछि, हमासले आफू युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै इजरायल नै ‘कुनैपनि जटिलता वा ढिलाइको जिम्मेवार’ रहेको बताएको छ।

    यसैबीच, हमासले यस सप्ताहान्तका लागि तय गरिएको बन्धकहरूको रिहाइ स्थगित गर्ने निर्णय गरेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई युद्ध विराम सम्झौता पूर्ण रूपमा रद्द गर्न र सम्पूर्ण बन्धकहरू शनिबारसम्म फिर्ता नभए गाजालाई नर्क बनाइदिन सुझाव दिएका छन्।

    मंगलबार इजरायली सुरक्षा र मन्त्रिपरिषद्को चार घण्टाको बैठकपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भिडियो सन्देशमार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई ‘स्वागतयोग्य’ भनेका छन्।

    नेतान्याहूले थपे, ‘हमासले सम्झौता तोड्ने र हाम्रा बन्धकहरू नछाड्ने घोषणा गरेपछि मैले इजरायली रक्षा बल (आइडिएफ) लाई गाजाको भित्र र वरपर ठूलो संख्यामा सेना परिचालन गर्न निर्देशन दिएको छु।’

    उनले सुरक्षा मन्त्रिपरिषद्ले सर्वसम्मत रुपमा निर्णयहरु अनुमोदन गरेको भन्दै हमासलाई अन्तिम चेतावनी दिँदै भने,’यदि हमासले शनिबार मध्यान्हसम्म हाम्रा बन्धकहरू फिर्ता गरेन भने युद्धविराम अन्त्य हुनेछ, र हमासको पूर्ण पराजयसम्म इजरायली सेनाले गाजामा कडा सैन्य कारबाही जारी राख्नेछ।’

    इजरायली अखबार हारेट्जका अनुसार, इजरायलले यदि शनिबारका लागि तोकिएका तीन बन्धकहरू छुटे भने युद्धविराम कायम राख्न सक्ने संकेत गरेको थियो।

    तर, पछि यातायात मन्त्री तथा युद्ध मन्त्रिपरिषद्का सदस्य मीरी रेगेवले एक्समा मा लेखिन्,’हामीले एकदम स्पष्ट निर्णय गरेका छौँ: हामी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ अनुरूप अघि बढ्छौँ- शनिबार, सबै बन्धकहरू मुक्त हुनैपर्छ!’


    प्रतिक्रिया दिनुहोस