काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५, कात्तिकेस्थित साँखुमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोक बलेफी गाउपालिका–७ घर भई हाल काठमाडौंको चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–९, भीम्सेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल छन् ।
चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराले जानकारी दिए ।
बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।