बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिभिल सहकारी ठगी प्रकरण

    इच्छाराजको मुद्दामा मिसिल झिकाउने आदेश


    हुलाक प्रेस

    • शुक्रबार, फागुन २ २०८११०:०८
    इच्छाराजको मुद्दामा मिसिल झिकाउने आदेश

    काठमाडौँ । सिभिल सहकारी ठगी आरोपमा थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ धरौटीमा रिहा हुनुपर्ने माग गर्दै परेको निवेदनमा मिसिल झिकाउने आदेश भएको छ ।
     
    सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पाण्डेयको इजलासले तामाङलाई थुनामा पठाउँदाको मिसिल झिकाउन आदेश भएको हो । धरौटीमा छाड्न माग गर्दै सर्वोच्चमा २५ माघ २०८० मा दर्ता भएको निवेदनमाथि करिब एक वर्षपछि सुनुवाइ भएको हो ।

    सिभिल सहकारी मार्फत बचतकर्ताको ४६ करोड रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले २०७८ असोजमा पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र किर्तेसहितका मुद्दा दायर भएको थियो । जिल्ला अदालतले सहकारीका बचतकर्ताको ठुलो रकम हिनामिना गरेकाले धरौटीमा छोड्न नसकिने भनी पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो ।


  • सम्बन्धित विषय:

  • # सिभिल सहकारी ठगी
  • प्रतिक्रिया दिनुहोस