आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पाथीभरामा यस वर्षको तेस्रो हिमपात


    हुलाक प्रेस

    • आइतबार, फागुन ४ २०८१११:४४
    पाथीभरामा यस वर्षको तेस्रो हिमपात

    ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।

    तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए। 


    प्रतिक्रिया दिनुहोस