बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, मंसिर २४ २०८०१०:४२
    अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो । 

    मृत्यु हुनेमा  ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक  रिजालले बताए ।  
    रासस


    प्रतिक्रिया दिनुहोस