आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पशुपतिमा संस्कृतिमन्त्रीको नेतृत्वमा साधुसन्तको र्‍याली


    हुलाक प्रेस

    • सोमबार, फागुन १२ २०८१११:३८
    पशुपतिमा संस्कृतिमन्त्रीको नेतृत्वमा साधुसन्तको र्‍याली

    काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा साधुसन्तको र्‍याली निकालिएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको र्‍यालीको नेतृत्व गर्न मन्त्री पाण्डे सोमबार (फागुन १२) बिहान त्यहाँ पुगेका थिए ।

    र्‍यालीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागिता थियो ।

    पशुपतिनाथ मन्दिरको मूलढोकाबाट सुरु गरिएको र्‍याली पिंगलास्थान, गौशाला, जयवागेश्वरी हुँदै पुनः मन्दिरको मूलढोकामा पुगेर समापन भएको थियो । कोषले महाशिवरात्रिको सबै तयारी पूरा गरेको जनाएको छ । शिवरात्रिका निम्ति भारतलगायत देशबाट साधुसन्त आउने क्रम जारी छ । यही फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ ।


    प्रतिक्रिया दिनुहोस