आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते


    हुलाक प्रेस

    • सोमबार, फागुन १२ २०८११०:१७
    बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते

    काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।

    उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् ।

    यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ बस्‍ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरे बस्‍ने ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरे बस्‍ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस