काठमाडौं । संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बीबीसीका अनुसार यो प्रस्तावका पक्षमा ९३ र विपक्षमा १८ मत परे । अमेरिका, इजरायल र हंगेरीसँगै रुसले प्रस्तावका विपक्षमा मतदान गरे भने रुस र युक्रेनबीच युद्ध सुरु भएयता अमेरिकाले पहिलोपटक युक्रेनका विपक्षमा मत दिएको हो ।
६५ देशले मतदानमा भाग लिएनन् भने प्रस्तावलाई जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशले समर्थन गरेका छन् । नेपालले पनि प्रस्तावको समर्थन गरेको छ । यस प्रस्तावमा भएको मतदानमा भारत र चीनले भाग लिएनन् ।
यो प्रस्ताव युक्रेन-रुस युद्ध सुरु भएको तीन वर्ष पूरा भएको समयमा आएको हो ।