बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उर्जामन्त्री खड्काले कुलमानलाई सोधे चौथो पटक स्पष्टीकरण


    हुलाक प्रेस

    • मंगलबार, फागुन १३ २०८११०:५०
    उर्जामन्त्री खड्काले कुलमानलाई सोधे चौथो पटक स्पष्टीकरण

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टाभित्र बुझाउने गरी चौथो पटक स्पष्टीकरण सोधेका छन् ।

    मन्त्री भएदेखि घिसिङलाई हटाउन लागिपरेका खड्काले यसअघि तीन पटक स्पष्टीकरण सोधिसकेका छन् । फेरि मन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने भन्दै मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

    स्पष्टीकरण पत्रमा घिसिङलाई नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर सोधिएको छ । साथै आन्तरिक भ्रमण, बिदा, अन्तर्राष्ट्रिय भ्रमण कति पटक गरेको भन्ने पनि सोधिएको छ ।

    मन्त्री खड्काले गत असोज २२ गते र कात्तिक १३ गते पुस २२ मा स्पष्टीकरण सोधेका थिए । पछिल्लो पटक पुस २२ मा उनले सोधेको ९ बुँदे स्पष्टीकरणको पनि चित्त बुझ्दो जवाफ नभएकोसमेत पत्रमा छ ।

    घिसिङकाविरुद्ध मन्त्री खड्काले संसद्‌मै उत्रिएका थिए । खड्काले संसद्‌मै घिसिङले सरकारलाई असहयोग गरेका बताएका थिए ।


    प्रतिक्रिया दिनुहोस