बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद


    हुलाक प्रेस

    • आइतबार, मंसिर २४ २०८०११:१६
    त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद


    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुबईबाट अवैधरुपमा ल्याइएको साढे ६ किलो सुन बरामद गरेको छ । 

    दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमदले लुकाएर ल्याएको सुन शनिबार राती  भन्सार कार्यालयले बरामद गरेको हो । 

    त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले शनिबार राति साढे ६ किलो सुन बरामद भएको पुष्टि गरेका छन् । 

    मोहमदले भित्रि ज्याकेटको खल्तीमा साढे ६ किलो सुन धुलो बनाएर लुकाएर ल्याएका थिए । विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा प्रहरी र भन्सारको संयुक्त टोलीले मोहमदलाई नियन्त्रणमा लिएको थियो ।

    यस विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल पाण्डेले बताए । 

    यसअघि गत शुक्रबार विमानस्थलबाट गोरखाका चन्द्र घलेलाई १४ किलो सुन सहित  प्रहरीले पक्राउ गरेको थियो। 


    प्रतिक्रिया दिनुहोस