आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प पछि २३ परकम्प गयो


    हुलाक प्रेस

    • शुक्रबार, फागुन १६ २०८१११:२१
    सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प पछि २३ परकम्प गयो

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । 

    बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ । 

    “२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना करकम्प आउनेक्रम जारी छ ।” 

    गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक आइरहने उनले बताए । राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    प्रतिक्रिया दिनुहोस