आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुपाल्चोकमा भूकम्प : भारतसम्म धक्का


    हुलाक प्रेस

    • शुक्रबार, फागुन १६ २०८१११:२८
    सिन्धुपाल्चोकमा भूकम्प : भारतसम्म धक्का

    काठमाडौं । सिन्धुपाल्चोकको भूकम्पको धक्का भारतसम्म महसुस गरिएको छ ।

    शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई विनाशकारी गोरखा भूकम्पको परकम्प भनेको छ ।

    यसको धक्का भारतका बिहार र पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

    त्यहाँको नेसनल सेन्टर फर सिस्मोलोजीले यसलाई ५.५ म्याग्निच्युडको धक्का भनेको छ ।

    भूकम्पको केन्द्रविन्दु रहेको सिन्धुपाल्चोक क्षेत्र बिहारको मुजफ्फरपुरबाट १८९ किलोमिटर उत्तरमा पर्ने बीबीसी हिन्दीमा उल्लेख छ । त्यहाँ क्षतिको सूचना छैन ।


    प्रतिक्रिया दिनुहोस