काठमाडौं । पत्रकार मोहिनी मिश्रको निधन भएको छ। क्यान्सर रोगको उपचार गराइरहेकी पत्रकार मिश्रको ५६ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ललितपुर महानगरपालिका- १८ निवासी मिश्र विगत दुईवर्षदेखि पेटको क्यान्सरबाट पीडित थिइन् ।
राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गरेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिएकी थिइन् ।
मिश्रका एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमाअन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।