बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लुक्ला जाँदै गरेको तारा एयरको आपत्तकालिन ढोकाको सिसा बाटोमै खसेपछि 


    हुलाक प्रेस

    • आइतबार, मंसिर २४ २०८००२:२६
    लुक्ला जाँदै गरेको तारा एयरको आपत्तकालिन ढोकाको सिसा बाटोमै खसेपछि 
    फाइल तस्वीर

    काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपत्तकालिन ढोकाको सिसा खसेको छ । 

    तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर जाँदै गर्दा आपत्तकालिन ढोकाको सिसा खसेको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन ढोकाको सिसा नदेखिएको बताए । 

    उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा सामान्य रहेको तर बीच रुटमै खसेको आंकलन गरिएको छ । 

    जहाज सकुसल अवतरण गरिएको  र जहाजमा सवार दुई जना यात्री पनि सकुशल रहेको प्रवक्ता झाले बताएका छन् ।  


    प्रतिक्रिया दिनुहोस