आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राजावादीको जुलुसमा देखिएको एउटा फरक तस्बिर!


    हुलाक प्रेस

    • आइतबार, फागुन २५ २०८१११:१६
    राजावादीको जुलुसमा देखिएको एउटा फरक तस्बिर!

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार (फागुन २५) काठमाडौँमा उनको भव्य स्वागत गर्दै नाराजुलुस लगाए।

    राजतन्त्र फर्काउन चाहनेहरूको आरोप छ- गणतन्त्रवादी राजनीतिक दलका नेताहरू राष्ट्रवादी भएनन्, देशै बेच्न लागे। 

    तर पूर्वराजाको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईंको माातृभूमि बचाऊ अभियानसहितको संयुक्त र्‍यालीमा देखिएको एउटा फरक फोटोले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ। 

    भीडमा देखिएको त्यो झन्डामा छन्- भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ! भारतीय जनता पार्टी (भाजपा) का नेतासमेत रहेका योगी आदित्यनाथको फोटोमुनि लेखिएको छ- 'राजसंस्था पुनर्स्थापना गरौँ, हिन्दुवादी प्रदीपविक्रम राणा'।

    यस विषयमा यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन्- यही हो त राष्ट्रवाद!

    अनि कतिपयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई व्यंग्य गरिरहेका छन्- विचारभन्दा माथि देश, देशभन्दा माथि उत्तर प्रदेश!

    पूर्वराजा ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए। यो तस्बिर प्रदीपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन्। 


    प्रतिक्रिया दिनुहोस