बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँमा वर्षाको सम्भावना कति ?


    हुलाक प्रेस

    • बुधबार, फागुन २८ २०८१०९:१४
    काठमाडौँमा वर्षाको सम्भावना कति ?

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

    विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

    कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनु महर्जनका अनुसार आज काठमाडौंमा वर्षा हुनेछ । “आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ,” उनले भनिन् ।


    प्रतिक्रिया दिनुहोस