बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा एक वर्ष जेल र दुई लाख जरिवाना


    हुलाक प्रेस

    • बिहीबार , फागुन २९ २०८१०९:३४
    गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा एक वर्ष जेल र दुई लाख जरिवाना

    काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

    लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो । 

    बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

    नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० हजार क्षतिपूर्तिको पनि सजाय निर्धारण गरिएको रेग्मीले बताए । उक्त प्रकरणमा पालिकाका नगर प्रहरी धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो । 

    अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटनाका विवरणअनुसार २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जितेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो । 

    गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो । बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस