आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पाथीभराबाट फागुनमा १३ लाख भेटी संकलन


    हुलाक प्रेस

    • शुक्रबार, चैत १ २०८११०:३३
    पाथीभराबाट फागुनमा १३ लाख भेटी संकलन

    ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी स‌कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको संख्या सात हजार ४२८ रहेको समेत समितिले जनाएको छ । उक्त संख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार ९१२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै, सो समयमा रु ५५ लाख ७० हजार ८८० भेटी रकम जम्मा भएको थियो ।

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको संख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष सङ्ख्या घटेको उनले बताए ।

    धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस