बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चैत तेस्रो साता हिउँदे अधिवेशन अन्त्यको तयारी


    हुलाक प्रेस

    • आइतबार, चैत ३ २०८११०:२१
    चैत तेस्रो साता हिउँदे अधिवेशन अन्त्यको तयारी

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ ।

    सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ ।

    ‘त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको छ । संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

    सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ । सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी रहेको स्रोतले बतायो ।

    सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत् कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ । संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।


    प्रतिक्रिया दिनुहोस