आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दीपक थापा ३१औँ आईजीपी नियुक्त


    हुलाक प्रेस

    • मंगलबार, चैत ५ २०८१०५:४८
    दीपक थापा ३१औँ आईजीपी नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

    आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् । आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण साेमबार रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् ।

    उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो । थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

    प्रहरीको ३० वर्षे सेवा अवधि नहटेको खण्डमा थापाले आगामी भदौमै अवकाश पाउनेछन् । यद्यपि प्रहरीको ३० वर्षे सेवाअवधि हटाउनेबारेको विधेयक संसद्मा पुगेको छ ।

    आईजीपी कुँवरले ०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । सरकारले उनलाई ०७९ चैत १० मा आईजीपी नियुक्त गरेको थियो । करिब दुई वर्ष प्रहरीको कमान्ड सम्हालेका उनी आजबाट अवकाशमा गएका हुन् ।


    प्रतिक्रिया दिनुहोस