आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश


    हुलाक प्रेस

    • बुधबार, चैत ६ २०८१११:३६
    चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

    काठमाडौँ । चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।  बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।  

    त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।  

    यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।  


    प्रतिक्रिया दिनुहोस