काठमाडौँ । सामान्य प्रशासन मन्त्रालय अन्र्तगत बढुवा समितिको बैठकले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार बसेको समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको जनाएको हो ।
बढुवा सिफारिसमा पर्ने उपसचिवहरूमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य छन् ।