आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • धनुषामा २५ वर्षीय युवकको शव फेला, हत्या भएको प्रहरीको आशंका


    हुलाक प्रेस

    • आइतबार, चैत १० २०८१११:५१
    धनुषामा २५ वर्षीय युवकको शव फेला, हत्या भएको प्रहरीको आशंका

    काठमाडौं । धनुषामा एक युवकको शव फेला परेको छ ।

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकर महतोको शव फेला परेको हो । महतोको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ ५ फेला परेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारका अनुसार शव शुक्रबार साँझ साढे फेला परेको तर  सनाखत भने शनिबार मात्र भएको थियो । 

    शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्ता अवस्थामा फेला परेको डिएसपी जयसवारले बताए । 

    प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # #death
  • # #murder
  • प्रतिक्रिया दिनुहोस