बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल–भारत सिमामा नेपाली युवकमाथि गोली प्रहार 


    हुलाक प्रेस

    • सोमबार, मंसिर २५ २०८०११:२५
    नेपाल–भारत सिमामा नेपाली युवकमाथि गोली प्रहार 

    विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । 

    आइतबार साँझ विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि नेपाल–भारत सीमामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

    भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गर्दा उनको बायाँ तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् । 

    दहालका अनुसार उनको सशस्त्र प्रहरीले उद्धार गरी कोशी अस्पताल विराटनगर ल्याइ उपचार भइरहेका छ ।  

    संग्रौला खतरमुक्त भएको र थप अनुसन्धान भइरहेको डीएसपी दहाललले बताए । 


  • सम्बन्धित विषय:

  • # #goliprahar
  • प्रतिक्रिया दिनुहोस