काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । तर कुलमान स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए । उनले कुलमानलाई हटाउन तीनचोटि त स्पष्टीकरण नै सोधेका थिए । तर कुलमानले औपचारिक रुपमा नै आफ्ना धारणा र स्पष्टीकरणमार्फत बचाउ गर्दै आएका छन् ।
मन्त्री खड्काले पछिल्लोपटक मन्त्रिपरिषद्मार्फत कुलमानसँग स्पष्टीकरण मागेका थिए। सोहीअनुसार आज उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।