आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कर्मचारीले तलब खान नपाएको भन्दै बालेन आक्रोशित, ‘सबैलाई टुकुचामा गाड्दिने’ धम्की


    हुलाक प्रेस

    • सोमबार, चैत ११ २०८११०:४०
    कर्मचारीले तलब खान नपाएको भन्दै बालेन आक्रोशित, ‘सबैलाई टुकुचामा गाड्दिने’ धम्की

    काठमाडौँ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सोमबार सफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको उल्लेख गर्दै एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाड्दिने धम्की दिएका छन्।

    उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो धम्की दिएका हुन्।

    उनले लेखेका छन्- ‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमी हरुको के के तन्त्र हो!!”

    काठमाडौं महानगर विगत ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा कर्मचारीले तलब पाउन सकेका छैनन्।


    प्रतिक्रिया दिनुहोस