काठमाडौं । संघीय संसद्को महासचिव पदबाट डा.भरतराज गौतमले राजीनामा दिएका छन् ।
आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।
उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।
उनको राजीनामाको कारण भने खुलेको छैन ।