आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, चैत १३ २०८१०८:३२
    अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

    बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै  दुर्घटनामा परी २७ जना घाइते भएका छन् । उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस