आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरि एक युवकको हत्या, एक पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , चैत १४ २०८११०:४८
    ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरि एक युवकको हत्या,  एक पक्राउ
    हत्या आरोपी सुमन रसाइली

    काठमाडौं ।  ललितपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

    ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा ३० वर्षीय रिपक खातीको हत्या आरोपमा रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइली पक्राउ परेका हुन् । 
    गएराति करिब ११ बजेतिर रसाइलीले आपसी विवादका क्रममा खुकुरी प्रहार गरेर खातीको हत्या गरेको प्रहरीले जनाएको छ । 

    हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो । 

    हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # #crime
  • # #murder
  • प्रतिक्रिया दिनुहोस