आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • साझा भण्डार सहकारी भ्रष्टाचार मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन


    हुलाक प्रेस

    • बिहीबार , चैत १४ २०८१०९:५६
    साझा भण्डार सहकारी भ्रष्टाचार मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारीको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।

    अख्तियारले चार करोड ९१ हजारभन्दा बढी भ्रष्टाचार गरेको भन्दै सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित सञ्चालक समितिका पदाधिकारी र महाप्रबन्धक अमर थापा गरी ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो ।

    साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटी, काठमाडौंले आफ्नो नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गाउँपालिका–९ (हाल वीरेन्द्रनगर नगरपालिका–८)को कित्ता नम्बर १३०३ जग्गा र बाँकेको कोहलपुर गा.वि.स. वडा नं. ३ (क) का कित्ता नं. ९६९, १२३२, १२३३, १२३४, १२३५ र १२३६ को जग्गा अनुचित लाभ लिइ कम मूल्यमा बिक्री गरी आर्थिक हिनामिना गरेको आरोप उनीहरूमाथि थियो ।

    मुद्दामा सुर्खेतको जग्गाको मूल्य प्रतिधुर २५ हजार मूल्यका दरले १० लाख हुने भए पनि गीताकुमारी शाहीलाई ६ लाख ७० हजारमा बिक्री गरेको देखिएको पनि पुनरावेदनमा दाबी छ ।

    यस्तै, बाँकेको कोहलपुरमा रहेको जग्गाको न्यूनतम मूल्य नै चार करोड ७२ लाख ४५ हजार २८१ पर्ने देखिएमा सुरोज गिरीलाई ७१ लाख ५१ हजार १०० बिक्री गरेको देखिँदा पनि विशेषले सफाइ दिएको अख्तियारको पुनरावेदन दाबी छ ।

     


    प्रतिक्रिया दिनुहोस