आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा उच्च सुरक्षा सतर्कता, २५ सय प्रहरी परिचालन


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०९:१२
    काठमाडौंमा उच्च सुरक्षा सतर्कता, २५ सय प्रहरी परिचालन

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ ।

    गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । 

    गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । 

    “शुक्रबार हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ,” उनले भने ।

    उनले घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले दिएका छन् । 

    राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ । 


    प्रतिक्रिया दिनुहोस