बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कुलमानको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे छलफल हुने


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०२:५३
    कुलमानको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे छलफल हुने

    काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङको निवेदनमा अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको छ।

    न्यायाधीश अब्दुल अजिज मुलसलमानको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि दुवै पक्ष झिकाउने आदेश भएको वरिष्ठ अधिवक्ता डा दिनमणि पोखरेलले जानकारी दिए। उनका अनुसार, मुद्दालाई प्राथमिकता दिई चाँडै नै पेसी तोक्ने भनिएको छ।

    डा पोखरेलका साथै वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतलगायतले कुलमानलाई पुन:स्थापन गर्न र हितेन्द्रदेव शाक्यलाई काम गर्नबाट रोक्न आजै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। 

    सरकारले सोमबार कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। सरकारको निर्णयविरुद्ध कुलमानले बुधबार सर्वोच्चमा निवेदन दिएका थिए।


    प्रतिक्रिया दिनुहोस