काठमाडौँ । राजावादीको प्रदर्शन हिंसात्मक बन्न थालेको छ। शुक्रबार बिहान ११ बजेदेखि तीनकुने क्षेत्रमा भेला भएका राजावादी प्रदर्शनकारी सुरुमै प्रहरीमाथि जाइलागे।
उनीहरूले गरेको ढुंगामुढाका कारण तीनजना प्रहरी घाइते भएका छन्। राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईँ आफैँले प्रदर्शनकारीलाई उत्तेजित बनाएका थिए।
यस क्रममा उनको पछुवा गाडी प्रहरीको घेरा तोडेर बानेश्वरक्षेत्रतर्फ अघि बढ्यो। जसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्यो। यसपछि प्रदर्शनकारी झन् उग्र हुँदै केही घरका तोडफोड र आगजनी गरेका छन्। अहिले तीनकुने क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।