आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०७:३०
    राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु

    काठमाडौं । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ ।

    एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।

    उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।

    रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस